मिडियाबाजी डटकम काठमाडौँ, साउन ६ । साताको तेस्रो कारोबार दिन सेयर बजार नेप्से परिसूचक ८०.९७ अंकले बढेर २९७३.७० को विन्दुमा कायम भएको छ ।
नेप्सेमा यसदिन ३१९ कम्पनीको ४ करोड ३५ लाख ८१ हजार २२८ कित्ता सेयर किनबेच हुँदा २० अर्ब ८ करोड माथिको सेयर कारोबार भएको छ ।
आज ट्रेड टावर कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, शिवम् सिमेन्ट र सान्भी इनर्जीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाउँदा उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले ९.९० प्रतिशतका दरले कमाएका छन् ।
एलबिबिएल डिबेञ्चरका इकाईधनीले आज सर्वाधिक ३.९४ प्रतिशतका दरले गुमाए।
यसदिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ७१ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रोमा शिवम् सिमेन्टको ६८ करोड ८३ लाख रुपैयाँ र हिमालयन इन्स्योरेन्सको ५६ करोडको सेयर कारोबार भएको छ ।