एमाले केन्द्रीय समिति बैठक आज पनि

  ८ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, साउन ६ ।    नेकपा एमालेको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ।

च्यासल, ललितपुर तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा उक्त बैठक बस्नेछ। बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ।

हिजोको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी भित्र चौतर्फी आक्रामण भएको र त्यसको डटेर सामना गर्नु पर्नेमा जोड गरेका थिए भने हिजोको बैठकमा  उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रतिवेदन तथा महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन पेश गरेका थिए, जसमाथि छलफल जारी रहेको छ।

हिजाेका बैठकमा जना केन्द्रीय सदस्यहरूले धारणा राखिसकेका छन् भने बाँकीले मंगलवार धारणा राखिसके पछि बैठक समापन गरिनेछ। हरेक सदस्यलाइ बाेल्न ३-३ महिनाकाे समय दिइएकाे छ। सचिवालय,स्थायी कमिटी र पोलिटव्यूरो बाहेक एमालेमा करिब २३० जना केन्द्रीय सदस्य रहेका छन्।

मुख्यतयाः बिधान अधिवेसनको पुर्व तयारी तथा पुर्व राष्ट्रपति बिधादेवी भण्डारी पुनः एमालेको राजनीतिमा फर्कने बिषयमा यो केन्द्रीय समिति बैठकको मुख्य रूपमा केन्द्रित हुनेछ।

यसअघि बसेको सचिवालय बैठकले मुख्यतयाः ७० बर्षे उमेर हद र एक ब्यक्ति २ कार्याकाल भन्दा बढी पदाधिकारीमा बस्न नपाइने भन्ने बिधानको ब्यवस्थालाई खारेज गरेको थियो, जसलाई पोलिटब्युरोलेसमेत अनुमोदन गरिसकेको छ।

तपाईंको प्रतिक्रिया

थप खबर