नेपालका लागि चीन उदार र भरपर्दो विकास साझेदार हो: उपाध्यक्ष घिमिरे

  ३ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार ८ ।  राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले नेपालले चीनसँगको सौहार्दपूर्ण सम्बन्धलाई उच्च महत्वका साथ लिएको बताएकी छन्।

शनिबार चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वार्षिकोत्सव मनाउन आयोजित कार्यक्रममा बोल्दै उनले नेपाल तिब्बतसँग नजिक रहेको भन्दै चीन र नेपाल सदियौदेखिको मित्र भएको बताएकी हुन्।

उनले भनिन्, ‘हामी तिब्बतसँग नजिक छौं। नेपाल र चीन सौहार्दपूर्ण सम्बन्धमा रही उत्कृष्ट दुई पक्षीय सम्बन्धमा रहेको सदियौदेखिको मित्र हो। नेपाल र नदीले जोडिएको चीनसँगको सौहार्दपूर्ण सम्बन्धलाई नेपालले उच्च महत्वपूर्णरुपमा लिन्छ। शान्तिपूर्ण सह–अस्तित्वका सिद्धान्तले हाम्रो मित्रतालाई बलियो आधार प्रदान गर्दैछ।’

उनले नेपालका लागि चीन उदार र भरपर्दो विकास साझेदार रहेको भन्दै चीनप्रति सधै आभारी हुने बताइन्। उनले भारत, नेपाल, भुटान र म्यानम्यार जस्ता मुलुकको सिमावर्ती क्षेत्रमा तिब्बत भएकाले भौगोलिकरुपमा आफैँमा महत्वपूर्ण रहेको बताइन्।

‘चीनको आँखीझ्याल भनेर चिनिने तिब्बतलाई चिनिनुको मूख्य कारण यसको भौगोलिक र रणनीतिक अवस्थिती नै हो। यो भारत, नेपाल, भुटान र म्यानम्यार जस्ता मुलुकको सिमावर्ती क्षेत्र भएकाले भौगोलिकरुपमा आफैंमा महत्वपूण छ,’ उनले भनिन्।

उनले विश्वमा तिब्बतको संस्कृति एउटा इतिहासको पृष्ठ नभई संरक्षण र सम्मान गर्न आवश्यक रहेको पनि बताइन्। कार्यक्रममा नेपालका चिनियाँ राजदूत चेन सोङ्गले पनि आफ्नो धारणा राखेका थिए।

तपाईंको प्रतिक्रिया

थप खबर