मिडियाबाजी डटकम काठमाडौँ, जेठ ८ । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईलाई ‘सबैभन्दा बुद्धि नभएका डाक्टर’ भन्दै टिप्पणी गरेका छन् ।
रूकुम पश्चिममा बुधबार आयोजित पत्रकार सम्मेलनमा पूर्व सहयात्री डा. बाबुराम भट्टराईसँग पार्टी एकताबारे सोधिएको प्रश्नमा अध्यक्ष प्रचण्डले बाबुरामलाई सबैले ‘बुद्धि नभएको डाक्टर’ भनेर चिन्ने बताउँदै एकता सम्भव नभएको बताएका हुन् । ‘सबैभन्दा बुद्धि नभएको डाक्टर भनेर चिन्छन् मान्छेले । त्यस्तासँग के गरी एकता गर्ने ?,’ उनले भने ।