मिडियाबाजी डटकम काठमाडौँ, बैशाख ९। काठमाडौंको सानागाउँमा एकै परिवारका तीन जनामाथि खुकुरी प्रहार हुँदा एक जनाको ज्यान गएको छ। रामेछापको खाँडादेवी घर भएका पुतली तामाङ र उनका छोराछोरीमाथि खुकुरी प्रहार भएको हो ।
पुतली तामाङको मृत्यु भएको छ । उनका ११ वर्षका छोरा र १० वर्षकी छोरीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।उनीहरुको अवस्था खतरामुक्त रहेको पनि प्रहरीले जानकारी दिएको छ । पुतलीका श्रीमान पदमबहादुर तामाङ फरार छन् । उनैले पत्नी र छोराछोरीलाई खुकुरी प्रहार गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।