मन्त्री खड्का जनकपुरमा, विद्युत‍्को चोरी रोक्न र सुरक्षित विद्युत् प्रदान गर्न निर्देशन

  २ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ,भाद्र ५ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जनकपुरधामस्थित प्रादेशिक वितरण केन्द्र मधेश प्रदेशको कार्यालयको निरीक्षण गर्नुका साथै विद्युत् प्राधिरकण धनुषा एवं ढल्केवर वितरण केन्द्रका पदाधिकारीहरुसंग छलफल गरेका छन्।

बिहीबार मन्त्री खड्कासहितको टोलीले वितरण केन्द्रका प्रमुखलगायतका पदाधिकारीसँग सिँचाई, चुहावट, विद्युत् आपूर्ती लगायतका विषयमा छलफल गर्नुका साथै निरीक्षण गरेका छन्।

छलफल पश्चात सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खड्काले सुख्खाग्रस्त क्षेत्रमा सिँचाईका निम्ति आवश्यक विद्युत सिंचित गर्न निर्देशन दिएको जानकारी दिए।

साथै मधेश प्रदेशमा चुहावटको समस्या बढी रहेकाले विद्युत‍्को चोरी रोकी सुरक्षित विद्युत प्रदान गर्न निर्देशन दिएको मन्त्री खड्काले बताए।

उनले अधिकांश स्थानमा खेती भइसकेतापनि बाँकी रहेका स्थानमा नयाँ बोरिङ जडान गर्न र मर्मत आवश्यक रहेका स्थानहरुमा आगामी दिनका लागि किसानका निम्ति सहज सिँचाईको व्यवस्था मिलाउने उद्देश्यले काम अगाडि बढाउन निर्देशन दिएको जानकारी दिए।

मौसम विभागले आगामी दिनमा फेरि पानीको समस्या आउने अनुमान गरेकाले खेत फाट्ने, सुख्खा हुने जस्ता समस्याका लागि तयारी गरेर बोर्डिङ, नहर, विद्युत‍्को आपूर्ति गर्न लागि परेको बताए।

तपाईंको प्रतिक्रिया

थप खबर