निजी विद्यालय सञ्चालकहरू प्रदर्शनमा

  ४ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ,भाद्र ५ ।   निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) पाँच बुँदे मागसहित आन्दोलित बनेको छ।

विद्यालय शिक्षा विधेयकलाई आज अन्तिम रूप दिने तयारी भइरहँदा निजी विद्यालय सञ्चालकले माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका हुन्।

‘गैरनाफामूलक चाहिँदैन, कम्पनी मास्न पाइँदैन’, ‘पूर्ण छात्रवृत्ति लाद्न पाइँदैन, निजी विद्यालय मास्न पाइँदैन’, ‘निजी विद्यालयको योगदान, मजबुत अर्थतन्त्रको निर्माण’, ‘अभिभावकको पहिलो रोजाइ, निजी विद्यालयको पढाइ’ लगायत प्लेकार्ड बोकेर उनीहरू प्रदर्शनमा छन्।

कम्पनी ऐन अन्तर्गत दर्ता भएका विद्यालयलाई गैरनाफामूलक बनाउने भन्ने व्यवस्था हटाउनुपर्ने, पूर्ण छात्रवृत्तिबाट पोशाक, स्टेसनरी, शैक्षिक सामग्री र खाजा उपलब्ध गराउनुपर्ने, छात्रवृत्ति सम्बन्धी अधिकार स्थानीय तहलाई दिने भन्ने व्यवस्था हटाएर विद्यालयलाई नै दिनुपर्ने लगायत उनीहरूको माग छ। माग सम्बोधन नभए ८ भदौदेखि निर्णायक आन्दोलन गर्ने उनीहरूले चेतावनी दिएका छन्।

तपाईंको प्रतिक्रिया

थप खबर