सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

  ३ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ,भाद्र ५ ।  नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार ३०० रुपैयाँले बढेको हो । यससँगै बिहीबार छापावाल सुनको मूल्य तोलामा एक लाख ९४ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । यससँगै बिहीबार चाँदी तोलामा २२ सय ९० रुपैयाँ कायम भएको छ  । बुधबार चाँदी प्रतितोला २३०० रुपैयाँमा कारोबार भएको थियो । 

तपाईंको प्रतिक्रिया

थप खबर