चाक्सीबारीमा कांग्रेस संस्थापन पक्षका शीर्ष नेता छलफल

  १२ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, साउन ५ ।   नेपाली कांग्रेसका पूर्वपदाधिकारीहरुले वर्तमान सरकारले गठबन्धनको भावनाअनुसार काम गर्नुपर्ने निष्कर्ष निकालेको छ।

सोमबार उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री समेत रहेका कांग्रेस नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भएको कांग्रेसका पूर्वपदाधिकारीको छलफलले अहिलेको सरकार एमाले–कांग्रेस गठबन्धन मिलेर बनेकाले गठबन्धनको भावनाअनुसार काम गर्नुपर्ने निष्कर्ष निकालेको कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाले जानकारी दिए। अहिलेको गठबन्धन ८४ को निर्वाचनसम्मै जाने भएकाले विश्वासको आधारमा काम गर्नुपर्ने उनले बताए।

सरकारले प्रभावकारी ढंगले जनताको हितमा काम गर्नुपर्छ भनेर नेता सिंहलाई भनेको र सिंहले यस विषयमा प्रधानमन्त्रीसंग कुरा गर्ने सिटौलाले बताए।

त्यस्तै उनले कांग्रेस एमालेबिचको सात बुँदे सहमतिमा संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने भनिएपनि अझै सुरु हुन नसकेको भन्दै अब संशोधनको प्रक्रिया सुरु गर्नुपर्ने निष्कर्ष निकालेको जानकारी दिए।

तपाईंको प्रतिक्रिया

थप खबर