विद्युत प्राधिकरणले निजी क्षेत्रसँगको साझेदारीमा ४ ठूला प्रसारण लाइन निर्माण गर्ने

  ७ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, साउन ५ ।   नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक-निजी साझेदारी (पीपीपी) मोडलमा ४ वटा ठुला विद्युत् प्रसारण लाइन निर्माण गर्ने भएको छ।

प्राधिकरणले प्रसारण लाइन निर्माणका लागि आईतबार सुचना जारी गर्दै निजी फर्म तथा कम्पनीहरूसँग आशयपत्र (इओआई) मागेको छ।

प्राधिकरणले ११८ किलोमीटरको तिङ्ला-दूधकोशी-ढल्केबर ४०० केभी, ९४ किलोमीटरको अरुण हब (शीतलपाटी)-इनरुवा ४०० केभी, ८० किलोमीटरको न्यू खिम्ती-ढल्केबर ४०० केभी र ३० किलोमीटरको लप्सीफेदी-तीनपिप्ले २२० केभी प्रसारण लाइन निर्माण गर्न आशयपत्र आह्वान गरेको हो।

आशयपत्र पेश गर्ने फर्म तथा कम्पनीको आयोजना सञ्चालन गर्न आवश्यक वार्षिक आम्दानी (एनुअल रिक्वायर्ड रेभिन्यु-एआरआर) का आधारमा प्राधिकरणले प्रतिस्पर्धाबाट फर्म-कम्पनी छनोट गने बताएको छ।

तपाईंको प्रतिक्रिया

थप खबर