मिडियाबाजी डटकम काठमाडौँ, साउन ५ । नेपाली महिला फुटबलरले आज शक्तिशाली मानिएको बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछन् ।
नेपाली यू–२० महिला फुटबल टोली साफ यू–२० महिला च्याम्पियनसिपको उपाधि लागि आज बंगलादेशसँग भिड्न लागेका हो ।
यस प्रतियोगिताको अन्तिम खेल आज ढाकास्थित बसुन्धरा किंग्स एरेनामा हुँदैछ । सो खेल साँझ ६ः४५ बजेवाट सुरू हुनेछ । हालसम्म बंगलादेशले सबै ५ खेलमा जीत हासिल गरेर १५ अंकसहित शीर्ष स्थानमा रहेको छ भने नेपालले ४ जित र १ हारसहित १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
सो क्रममा नेपाली महिला टोलीले लामो र फरक अन्तरले भुटान र श्रीलंकालाई दुई–दुई खेलमा पराजित गरे पनि तर आज पुनः प्रतिस्पर्धमा उत्रन लागेको बंगलादेशसँग भने पराजित हुन बिवश भएको थियो ।
तर, ‘राउण्ड रोविन लिग’ को अन्तिम खेल भए पनि नेपालका लागि भने यो अघोषित फाइनल जस्तै हुनेछ । किनभने अन्तिम खेलअघि नेपालभन्दा बंगलादेशले ३ अंक बढी जोडेर प्रतिस्पर्धामा आउँदैछ ।