एमाले केन्द्रीय कमिटी बैठक बस्दै, के–के छन् एजेण्डा ?

  श्रावण ०६, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, साउन ५ ।  सत्तारुढ नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (सोमबार) बाट सुरू हुँदैछ ।

च्यासल, ललितपुरस्थित केन्द्रीय कार्यालयमा उक्त बैठक सुरू हुनेछ ।

एमाले केन्द्रीय कमिटीको बैठक बिहान ११ बजे ललितपुरस्थित पार्टी मुख्यालय बस्ने केन्द्रीय सदस्य नीरज आचार्यले जानकारी दिए । आज बस्ने बैठकमा भदौको २० देखि २२ गतेसम्म हुने विधान दोस्रो महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजहरू प्रस्तुत हुनेछ । एमालेमा पदेन सहित ३५५ जना केन्द्रीय सदस्य छन् ।

अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। महासचिव शंकर पोखरेलले सांगठिनक प्रतिवेदन र उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्दैछन्। मुख्यतयाः बिधान अधिवेशनको पूर्व तयारी तथा पूर्व राष्ट्रपति बिद्यादेवी भण्डारी पुनः एमालेको राजनीतिमा फर्कने बिषय यो केन्द्रिय कमिटी बैठकको मुख्य एजेण्डा हुनेछ।

यसअघि बसेको सचिवालय बैठकले मुख्यतयाः ७० बर्षे उमेर हद र एक ब्यक्ति २ कार्याकाल भन्दा बढी पदाधिकारीमा बस्न नपाइने भन्ने बिधानको ब्यवस्थालाई खारेज गरेको थियो, जसलाई पोलिटब्युरोले समेत अनुमोदन गरिसकेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर