मिडियाबाजी डटकम काठमाडौँ, असार ७ । चितवनमा बस र माइक्रो ठोक्किँदा गर्भवतीसहित ज्यान गुमाउने सात जना र २४ घाइतेको पहिचान भएको छ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका– ३ स्थित खहरे पुलमा यात्रुवाहक बस र माइक्रो ठोक्किँदा सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
शनिबार दिउँसो बस र इभी माइक्रो दुर्घटना हुँदा ७ जनाको मृत्यु हो। त्यस्तै, घाइतेको संख्या २४ जना पुगेको छ । पाँच जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ। धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१– ००१ ख ३५८३ नम्बरको बस र मकवानपुरबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०३ –००१ज २९९ नम्बरको ईभी गाडी ठक्कर खाँदा दुर्घटना भएको हो।
मृतकहरू
१) मकवानपुर हटिया ३ बस्ने ५५ वर्षीय सोम प्रसाद रुपाखेती ।
२) मकवानपुर हेटौंडा ५ बस्ने ५३ वर्षीया मैंया कुमारी न्यौपाने पहाडी ।
३) हाल नामथर वतन नखुलेको अन्दाजी १८÷१९ वर्षीया महिला ।
४) हाल नामथर वतन नखुलेकी अन्दाजी २४÷२५ वर्षीया महिला ।
५) हाल नामथर वतन नखुलेको अन्दाजी २२÷२३ वर्षीया पुरुष ।
६) नामथर वतन नखुलेकी अन्दाजी ३०÷३५ वर्षीया गर्भवती महिला ।
७) नामथर वतन नखुलेका अन्दाजी ३५÷४० वर्षीया पुरुष ।