मिडियाबाजी डटकम काठमाडौँ, जेठ ७ । आज सेयर बजार ७.९४अंकले घटेर २६६९ को विन्दुमा कायम भएको छ ।
नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्त भएसँगै बजार खुल्ने बित्तिकै ९० अंक माथि बृद्धि भएको बजार अन्तिममा घटेर बन्द भएको हो । आज सूचीकृत ३१६ कम्पनीको २ करोड २३ लाख कित्ता सेयर खरिद बिक्रि हुँदा १० अर्बमाथिको सेयर कारोबार भएको छ । हिजो सबै सूचकमा हरीयाली छाएको थियो भने आज चार सूचकमा मात्रै हरीयाली छाएको छ । बाँकि सबै राताम्मे भएको छ ।
आज ९३ कम्पनीको मात्रै सेयरमूल्य बढेको छ भने १५३ कम्पनीको सेयरमूल्य घटेको छ । आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ७१ करोड ३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । माउन्टेन इनर्जीको ५९ करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको छ । ङनदी ग्रुप पावरको ५७ करोड ८३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै ओम मेगाश्रीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । सिन्धु विकास बैंकका लगानीकर्ताले ५.७९ प्रतिशतका दरले कमाएका छन् । सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै बराही हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८.२७ प्रतिशतका दरले गुमाएका छन् । हिजो पनि यस कम्पनीका लगानकिर्ताले सर्वाधिक गुमाएका थिए ।