मिडियाबाजी डटकम काठमाडौँ, जेठ ७ । संघीय संसदका पाँच वटा समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालय, सिंहदरबारस्थित कार्यालयहरूमा उक्त बैठक बस्नेछ ।
जसअनुसार सार्वजनिक लेखा समितिको बैठक दिउँसो १ः०० बजे बोलाइएको छ । जुन बैठकमा पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल स्थलगत अध्ययन उपसमितिको प्रतिवेदन उपर छलफल हुनेछ भने अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्थासम्बन्धी पहिलो (संशोधन विधेयक), २०८० सम्बन्धमा विषय विज्ञ र सरोकारवालासँग छलफल गरिने भएको छ । जुन बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ ।