रविको मुद्दामा आज आदेशको सम्भावना

  ६ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, जेठ ७ ।   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीको तर्फबाट दायर बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमाथिको बहस आज (बुधबार) पनि जारी रहने छ ।

६ पटकसम्म हेर्न नमिल्ने सूचीमा परेको उक्त रिटमाथिको बहस मंगलबार शुरु भएकामा नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको सर्वोच्च अदालतका प्रवक्ता अच्यूत कुइँकेलले जानकारी दिए । रवि लामिछानेका तर्फका कानून व्यवसायीले मंगलबार नै बहस सके पनि एकै मुद्दामा कारागारमा रहेका पूर्व डीआईजी छविलाल जोशीका तर्फबाट कानून व्यवसायीले बुधबार मात्रै बहस–पैरवी गर्नेछन् ।

तपाईंको प्रतिक्रिया

थप खबर