आज पनि बागमती प्रदेशसहित देशभर वर्षाको सम्भावना

  जेठ ०८, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, जेठ ६ ।  हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन्। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार (आज) का लागि मौसम जानकारी साझा गरेको छ।

महाशाखाले पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडी तथा अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशका विभिन्न प्रदेशमा मौसम प्रभावित हुने जनाइएको छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा दिउँसो र राति हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी र तराई क्षेत्रमा पनि बदली रही थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

तपाईंको प्रतिक्रिया

थप खबर