मिडियाबाजी डटकम काठमाडौँ,भाद्र ४। नुवाकोटमा बाँदरको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।
जिल्लाको पन्चकन्या गाउँपालिका–२ कविलास कोटथोकका ५८ वर्षीय गोकर्ण नेपालीको बाँकदरको आक्रमणबाट मृत्यु भएको हो ।
बाँदरको आक्रमणबाट घाइते भएका नेपालीलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भएको गाउँपालिकाकी उपप्रमुख विमला केसीले नेपालखबरलाई जानकारी दिइन् ।
नेपालीलाई बुधबार बिहान बाँदरको हुलले आक्रमण गरेको थियो । आफ्नै घरबारी पसेका बाँदर धपाउने क्रममा उनीमाथि आक्रमण भएको थियो । बाँदरको आक्रमणबाट अचेत भएका उनलाई स्थानीयले उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याउँदै गर्दा मृत्यु भएको हो ।