संसदमा प्रधानमन्त्रीको प्रश्नोत्तर स्थगित

  २ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ,भाद्र ४।  प्रतिनिधिसभाको कार्य व्यवस्था परामर्श समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली आजको संसद बैठकमा उपस्थित नहुने भएका छन् ।

प्रतिनिधिसभाका एमाले मुख्य सचेतक महेशकुमार बर्तौलाले बैठकमा प्रधानमन्त्री स्वास्थ्यका कारण संसदमा उपस्थित हुन नसक्ने जानकारी गराएका हुन् ।

संसदको आजको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने कार्यसूची तय गरिएको थियो । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम प्रधानमन्त्रीले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची थियो । प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे बस्दैछ ।

तपाईंको प्रतिक्रिया

थप खबर