मिडियाबाजी डटकम काठमाडौँ, साउन ४। साताको पहिलो कारोबार दिन सेयर बजार नेप्से परिसूचक ०.३२ अंकले बढेर २८७०.९५ को विन्दुमा कायम भएको छ ।
नेप्सेमा यसदिन ३१६ कम्पनीको ५ करोड १६ लाख ५८ हजार ३८५ कित्ता सेयर किनबेच हुँदा २१ अर्ब ४६ करोड माथिको सेयर कारोबार भएको छ । यो १ महिनापछिकै उच्च कारोबार रकम हो ।
आज उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था र सान्भी इनर्जीका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । त्यसपछि ट्रेड टावरका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् ।
त्यस्तै, समृद्धि फाइनान्सका लगानीकर्ताले आज ८.८८ प्रतिशतका दरले गुमाए ।
यसदिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ९८ करोड ५५ लाख रुपैयाँको सेयर कारोबार भयो । दोस्रोमा बुटवल पावर कम्पनीको ६४ करोड २७ लाख रुपैयाँ र तेस्रोमा हिमालयन रिन्स्योरेन्सको ५६ करोड ६२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।