खतिवडाको राजीनामा मागेको एमालेद्वारा ‘कुलिङ पिरियड’ हटाउन प्रस्ताव

  ६ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, साउन ४।   संघीय निजामती सेवा विधेयकभित्र विवादित ‘कुलिङ पिरियड’ प्रावधान हटाउन सत्तारुढ नेकपा एमाले लागेको छ । ‘

कुलिङ पिरियड’ निस्क्रिय पारिएको घटनाको संसदीय छानबिन भइरहेका बेला सत्तारुढ एमालेले कुलिङ पिरियडको विपक्षमा उभिएको हो । प्रतिनिधिसभाबाट पारित हुँदै राष्ट्रियसभा पुगेको विधेयकमा सत्तारुढ एमाले उक्त प्रावधान नराख्ने गरी प्रस्ताव दर्ता गराएका छन् ।

एमालेका सांसदहरुले शुक्रबार राष्ट्रियसभामा संशोधन दर्ता गराएका छन् । शनिबारसम्म संशोधन निम्ति समय दिइएको थियो । सांसदहरुद्वारा दर्ता भएका संशोधन प्रस्तावलाई राष्ट्रियसभा सचिवालयले प्रशोधित गर्दैछ र दफावार छलफलका निम्ति समिति पठाउने तयारी हुँदैछ ।

राष्ट्रियसभामा एमालेका प्रमुख सचेतक गोपाल भट्टराई, सांसदहरु सोनाम ग्याल्जेन शेर्पा, इन्दिरादेवी गौतम, सुमित्रा बिसी, रुक्मिणी कोइरालाले प्रस्ताव राखेका हुन् । प्रमुख सचेतक भट्टराईले अरु केही कानुन संशोधन नहुँदासम्म ‘कुलिङ पिरियड’ राख्नु हुँदैन भन्ने संशोधन राखिएको बताए ।

‘अरु कानुन संशोधन नहुँदासम्म नियुक्तिमा रिक्तता रहने जस्तो देखियो । त्यसैले कुलिङ पिरियड राख्न हुँदैन भनेर संशोधन दर्ता गराएका छौं’, उनले भने । कुन कानुन भन्ने चाहिँ उनले खुलाएनन् । राज्य व्यवस्था तथा सुशासन समितिले ‘कुलिङ पिरियड’ प्रावधान पारित त गरियो, तर पुरानो प्रावधान नहटाइँदा ‘गन्जागोल’ प्रतिवेदन पारित गर्न पुग्यो । राज्य व्यवस्था तथा सुशासन समितिबाट जेठ २ गते पारित भएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर