ओली र भण्डारीबीच च्यासलमा भेटवार्ता हुँदै

  श्रावण ०५, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, साउन ४।   पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमाले पार्टी केन्द्रीय कार्यालय च्यासल जाँदैछिन् ।

दिउँसो ३ बजे च्यासल जाने तयारी रहेको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न च्यासल जान लागेकी हुन् ।

दुई दिनसम्म चलेको पोलिटब्युरो बैठकमा भण्डारीको राजनीतिमा आगमनबारे देखिएको विवाद समाधान गर्न अध्यक्ष ओली र पूर्व राष्ट्रपति भण्डारी आपसमा बस्नुपर्ने सुझाव धेरै पोलिटब्युरो सदस्यले दिएका थिए ।

बैठकमा प्राप्त सुझावलाई ख्याल गर्दै अध्यक्ष ओलीले बैठकमा आफूले भण्डारीसँग भेट्ने बताएका थिए । ५ गते बस्न लागेको केन्द्रीय कमिटी बैठक अघि नै यसलाई टुंग्याउनुपर्ने ‘म्यान्डेट’ अनुसार ओलीले भण्डारीसँग छलफल थालेका हुन् । यो भेटपछि नै भण्डारीलाई पार्टीमा दिने जिम्मेवारी र उनको सदस्यता नवीकरणको विषय टुंगिनेछ ।

तपाईंको प्रतिक्रिया

थप खबर