बीपी राजमार्गमा राति गाडी चलाउन रोक

  ५ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार ६ ।  बीपी राजमार्गमा १५ दिनका लागि साँझ ६ः३० बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक लगाइएको छ।

आज (शुक्रबार) काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको बैठकले बर्खामा बाढी पहिरोको जोखिम रहेको भन्दै शुक्रबारदेखि रातिको समयमा गाडी चलाउन रोक लगाउने निर्णय गरेको हो।

काभ्रेको काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट खण्ड बढी जोखिमयुक्त भएकाले गाडी चलाउन रोक लगाइएको हो। एकैछिन पानी पर्‍यो भने पनि बाढी पहिरोका कारण बीपी राजमार्ग अवरुद्ध हुँदै आएको छ। छलफलमा अन्तरजिल्लाको सहकार्य र समन्वयबीचबाटै यात्रुलाई सहज यात्रा गराउन सकिने सुरक्षा निकायका प्रमुखहरूले बताएका थिए। मनसुन सक्रिय भएसँग देशका अधिकांश जिल्लामा बाढी पहिरोका कारण सडक अवरुद्ध हुने क्रम बढेको छ।

तपाईंको प्रतिक्रिया

थप खबर