घट्यो सुनको भाउ, प्रतितोला कति?

  असार ०६, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, असार ६ ।    शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। यस दिन सुन प्रतितोला ८०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला १ लाख ९४ हजार ७०० रुपैयाँ प्रतितोला कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। अघिल्लो दिन चाँदी प्रतितोला २ हजार २०० रुपैयाँमा कारोबार भएकोमा आज २ हजार १५० रुपैयाँ झरेको छ।

तपाईंको प्रतिक्रिया

थप खबर