अर्थमन्त्रीले डाके गभर्नर सिफारिस समितिको बैठक

  ७ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, जेठ ६ ।  अर्थमन्त्री विष्णु पौडेलले गभर्नर सिफारिस समितिको बैठक बोलाएका छन्। दिउँसो शीर्ष तहमा छलफलपछि अर्थमन्त्री पौडेलले पहिलो पटक बैठक बोलाएका हुन्। केही समयअघि बैठकको निम्तो आएको सिफारिस समितिका एक सदस्यले जानकारी दिए । समितिमा पूर्व गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पाण्डे छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापतिले प्रस्ताव गरेको एकपछि अर्को‍ नाम अस्वीकार गरेपछि सम्बन्ध चिसिएको थियो।

सोमबार साँझ प्रधानमन्त्री ओलीले देउवालाई गभर्नर बारे छलफल गर्न बोलाएका थिए। अबदेखि गभर्नरको बारेमा छलफल नगर्ने भन्दै देउवा रिसाएर बालुवाटार गएनन् । आज पनि भेटघाट नगर्ने योजना थियो । तर, प्रधानमन्त्रीले संसदको कार्यक्रम रोकेर देउवालाई डाकेपछि उनी गएका थिए। छलफलमा गभर्नर नियुक्ति अगाडि बढाउन दुवै प्रमुखहरु सहमत भएपछि अर्थमन्त्रीले बैठक बोलाएका हुन् ।

तपाईंको प्रतिक्रिया

थप खबर