पहिले भन्दा सशक्त आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी

  ६ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, जेठ ६ ।   नेपाल शिक्षक महासंघले शिक्षा विधेयकमा शिक्षक-कर्मचारीका माग सम्बोधन नभए यसअघिको भन्दा कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

महासंघले आज (मंगलबार) विज्ञप्ति जारी गर्दै शिक्षा विधेयकमा राज्यपक्ष इमानदार नदेखिए फेरि सशक्त आन्दोलन गर्ने चेतावनी दिएको हो ।

महासंघले विद्यालय शिक्षा विधेयकमा संशोधन गर्न बनेको संसदीय उपसमितिले पेस गरेको प्रतिवेदनप्रति असन्तुष्टि जनाएको छ । विद्यालय शिक्षा विधेयकमा संशोधन गर्न शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गत बनेको उपसमितिले पेस गरेको सुझाव तथा प्रतिवेदनले महासंघको आन्दोलन र विगतको सहमतिको सम्मान नगरेको महासंघको ठहर छ ।

तपाईंको प्रतिक्रिया

थप खबर