मौसममा एकै पटक फेरबदल : चार वायु सक्रिय, चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना

  २ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, जेठ ६ ।  हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानूमान महाशाखाले जनाएको छ ।

केही प्रदेशमा बिहानैबाट वर्षा भइरहेको छ । कोशी, मधेस, गण्डकी र वाग्मती बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिए । उनका अनुसार मकवानपुरको मार्खुमा अहिले भारी वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भागका केही स्थानमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च–पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । मधेसलगायत कोशी प्रदेशका तराई भागका केही स्थानमा हुरीबतासको समेत सम्भावना छ ।

तपाईंको प्रतिक्रिया

थप खबर