हितेन्द्रलाई कुलमानको निर्देशन : बक्यौता रकम असुल गर्नू

  ३ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ असाेज ३     ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युतको बक्यौता रकम असुली प्रक्रिया तीव्र बनाएको छ ।

मन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेको भोलिपल्टै नेपाल विद्युत् प्राधिकरणलाई बक्यौता असुल गर्न निर्देशन दिएका हुन् ।

ऊर्जामन्त्री घिसिङले मन्त्रालयमा जिम्मेवारी सम्हालेकै दिन डेडिकेटेड ट्रंकलाइनमार्फत विद्युत् उपभोग गर्ने उद्योगीहरूसँगको बक्यौता असुल्ने निर्णय गरेका थिए। सोही निर्णयको आधारमा मन्त्रालयले औपचारिक रूपमा पत्राचार गर्दै बक्यौता रकम तत्काल उठाउन निर्देशन दिएको बुझिएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर