साफ यू-२० महिला च्याम्पियनसिप: भुटानविरुद्ध नेपालको फराकिलो जित

  ५ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, साउन ३। दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-२० महिला च्याम्पियनसिपमा नेपालले भुटानविरूद्ध ८-० गोलको जित निकालेको छ।

शनिबार बंगलादेशको ढाकास्थित किङ्स एरेनामा भएको खेलमा नेपालले भुटानलाई पराजित गर्दै अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको हो।

नेपालको जितका लागि पूर्णिमा राई र मीना देउवाले ह्याट्रिक गरे भने समीक्षा मगर र कुशुम खतिवडाले समान एक गोल गरे।

आयोजक बंगलादेशसहित भुटान, श्रीलंका र नेपाल सम्मिलित प्रतियोगितामा डलब राउन्ड रोबिनको आधारमा खेल भइरहेको छ।

नेपालले श्रीलंकासँग दुई खेल खेलिसकेको छ भने दुवै खेलमा नेपाल ७-० गोलले विजयी भएको थियो।

नेपालले सोमबार बंगलादेशसँग खेल्नेछ।

तपाईंको प्रतिक्रिया

थप खबर