साताभर १३८.८३ अंकले बढ्यो नेप्से, कुन दिनको कारोबार कति ?

  ७ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, साउन ३।  यस साता नेप्से परिसूचक २७.८४ अंकले बढेर २८७०.६३ विन्दुमा आईपुगेको छ।

गत साता २७३१.८० विन्दुमा बन्द भएको नेप्से यो साता १३८.८३ अंकले बढेर २८७०.६३ को विन्दुमा पुगेको हो ।

यस साता सबै कारोबार दिन बजार खुल्यो । यस साता चार कारोबार दिन नेप्से बढेको थियो । भने एक कारोबार दिन मात्र बजारमा सामान्य गिरावट आयो । सेयर बजारका लागि अनुकूल मौद्रिक नीति सार्वजनिक भएसँगै यो साता बजारमा उत्साह देखिएको छ । 

यस साता औसतमा ११ अर्ब ९२ करोड २० लाख रुपैयाँको कारोबार भएको थियो । आइतबार ११ अर्ब ४१ करोडको कारोबार भयो । सोमबार ८ अर्ब १७ करोड, मंगलबार ९ अर्ब ४१ करोड, बुधबार १४ अर्ब ३ करोड र बिहीबार १६ अर्ब ५९ करोडको कारोबार भयो ।

साताको पहिलो कारोबार दिन नेप्से ३१.०८ अंकले बढेर २७६०.८० को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको यसदिन ३११ कम्पनीको ३ करोड ३२ लाख ९२ हजार ३० कित्ता सेयर किनबेच हुँदा ११ अर्ब १४ करोड रुपैयाँको कारोबार भएको थियो ।

साताको दोस्रो कारोबार दिन नेप्से ३५.०९ अंकले घटेर २७२५.७१ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३२१ कम्पनीको २ करोड ११ लाख २ हजार ५४० कित्ता सेयर किनबेच हुँदा ८ अर्ब १७ करोड रुपैयाँको कारोबार भएको थियो ।

साताको तेस्रो कारोबार दिन नेप्से ३४.४६ अंकले बढेर २७६०.१७ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३१७ कम्पनीको २ करोड ६५ लाख १७ हजार २०९ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ४१ करोड रुपैयाँको कारोबार भएको थियो ।

साताको चौथो कारोबार दिन नेप्से ३४.६१ अंकले बढेर २७९४.७८ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३३० कम्पनीको ४ करोड ३१ लाख ११ हजार ४१६ कित्ता सेयर किनबेच हुँदा १४ अर्ब ३ करोड रुपैयाँको कारोबार भएको थियो । 

साताको अन्तिम कारोबार दिन नेप्से ७५.८४ अंकले बढेर २८७०.६३ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३११ कम्पनीको ३ करोड ८६ लाख ३४ हजार ३५० कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ५९ करोड रुपैयाँको कारोबार भएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर