कालोपत्रे सडक महिना दिन नपुग्दै भत्किएर झार उम्रियो

  ८ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, साउन ३।   भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको गुम्बा–कोट– दिप्सा–पाँचधारे सडक कालोपत्र गुणस्तरहीन भएको जनाउँदै कोटका स्थानीयवासी चिन्तित भएका छन् ।

कालोपत्र गरिएको सडक महिना दिन नपुग्दै उप्किएको तथा कालोपत्र सडकमा घाँस उम्रिएपछि स्थानीय चितिन्त भएका हुन् । यहाँ कालोपत्र गरिएको सडक महिना दिन नपुग्दै भत्किनुका साथै बीच सडकमा घाँस उम्रिएको टेम्केमैयुङ ६ का वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताए ।

सडक निर्माणमा गुणस्तरहीन काम भएपछि कारवाहीको माग गरिएको उनको भनाइ छ । यहाँ गत असार महिनामा सडक कालोपत्र गरिएको वडाध्यक्ष नेपालले जानकारी दिए ।

‘सडक कालोपत्र भएको महिना दिन नपुग्दै उप्किएको छ’, वडाध्यक्ष नेपालले भने, ‘सडक निर्माणको काममा अत्यान्तै लापरवाही भएको अवस्था छ । कालोपत्र सडकको बीचमा घाँस उम्रिएको छ । सडक निर्माणमा गुणस्तरहिन काम भएको प्रष्ट देख्न सकिन्छ ।’

सडक डिभिजन कार्यालय तुम्लिङटार अन्तर्गत आरएनआरआर कम्पनीले असार महिनामा यहाँको शून्य विन्दु गुम्बाबाट एक किलोमिटर सडक कालोपत्र गरेको वडाध्यक्ष नेपालले बताए ।

तपाईंको प्रतिक्रिया

थप खबर