सांसद चन्द्र भण्डारीको चिन्ता : देश युवाविहीन हुँदैछ, मृत्यु हुँदा लाश लैजान मान्छे छैन

  ५ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार ५ ।  सत्ता साझेदार नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले देश युवाविहीन हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

आज (बिहीबार) बसेको संसद् बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

‘भोलिको दिनमा सम्मान होला, उज्यालो होला, प्रकाश आउला भन्ने आशाले बाँचेका छौं । युवाहरू शिक्षाका नाममा, रोजगारीका नाममा, दलालीका नाममा र बाहिर गइरहेका छन्। बाहिर गएर पनि कहाँ सुख पाउनू, त्यहाँ गएर यहाँभन्दा बढी दुःख पाएको छ। युवाविहीन देश बनाउने हो भने यो बजेट केका लागि ?,’ उनले भने, ‘हामी युवाविहीन हुँदैछौं। सहरमा जाँदा युवा छैन, बाउआमा मात्रै हुनुहुन्छ। मृत्यु भयो भने लाश लैजान मान्छे छैन।’

तपाईंको प्रतिक्रिया

थप खबर