मिडियाबाजी डटकम काठमाडौँ, असार ५ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको हो । यससँगै बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार ५ सय रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार ९ सय रुपैयाँ कायम भएको थियो ।
यस्तै आज चाँदीको मूल्य २५ रुपैयाँले घटेको छ । बुधबार तोलामा २२ सय २५ रुपैयाँ कायम भएको चाँदी बिहीबार २२ सय रुपैयाँ कायम भएको छ ।