वामदेव गौतम एमालेमै फर्किने

  माघ ०६, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , माघ ६ ।   पार्टी एकता राष्ट्रिय अभियानको संयोजक तथा एमालेका पूर्व उपाध्यक्ष वामदेव गौतम अन्ततः नेकपा एमालेमै फर्किने भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गौतमले दुई चरणमा कुराकानी गरिसकेको उनको पार्टीका नेता डीबी कार्कीले जनाएका छन् । शुक्रबार बालुवाटारमा भेटेरै कुरा गरेका गौतमले आज विहान ओलीसँग फोन संबाद गरेको उनले जानकारी दिए ।

नेता वामदेव गौतमले आफूसहित नेकपा एकता राष्ट्रिय अभियानको ठूलो समूह एमालेमा प्रवेश गर्ने र बाँकी केही सदस्य माओवादी केन्द्रमा जाने जानकारी दिएका छन् । उनले प्रधानमन्त्री ओलीबाट छिटै मिति, समय र स्थानको जानकारी आउने पनि गौतमले बताएका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर