काठमाडौं महानगरको दाबी : सिंहदरबार जलिरहँदा दमकल पठाएन भन्नु गलत

  २ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ असाेज २   काठमाडौं महानगरपालिकाले सिंहदरबार जलिरहँदा महानगरले दमकल पठाएन भन्नु गलत भएको दाबी गरेको छ ।

महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बिहीबार पत्रकार सम्मेलन गरी आफूहरूले आगो निभाउन सक्दो प्रयास गरेको जिकिर गरेका छन् ।

जेनजी आन्दोलनका क्रममा सिंहदरबार जलिरहँदा पनि काठमाडौँ महानगरपालिकाले दमकल नपठाएको भन्दै यतिबेला सामाजिक सञ्जालमा ब्यापक आलोचना भइरहेको छ ।

महानगर प्रहरी प्रमुख पाण्डेले भने, ‘महानगरपालिकाले दमकल परिचालन गरेन भन्ने कुरा गलत हो ।’

आगो लाग्नेबित्तिकै दमकल सिंहदरबार लाने परिस्थिति नभएका कारण केही ढिला भएको उनले बताए। महानगरपालिकाको प्रयासमा विभिन्न ठाउँमा दमकलमा पानी भर्न सयौं ट्यांकर समेत पठाइएको उनले जिकीर गरे ।

‘दमकल जान सक्ने अवस्थामा, दमकल सुरक्षित भएर जान सक्ने अवस्थामा हामीले ढिलाइ गरेका छैनौँ’, उनले भने, ‘हामीले विभिन्न व्यक्तिहरू अथवा विभिन्न कम्पनीहरूबाट बालाजु एरियाबाट, स्वयम्भू एरियाबाट हामीले आफ्नो व्यक्ति एप्रोचका आधारमा, महानगरको एप्रोचका आधारमा पानी तत्काल होस्, दमकलमा पानी सकिएपछि त्यही ठाउँमा पानी ट्यांकर पुर्‍याउन हामीले अनुरोध गरेर सयौँ पानी ट्यांकरहरू सहयोगका रूपमा लिएर आएर तत्काल पानी फिलिङ गर्ने पनि गर्‍यौँ।’

दमकल आफैं पनि सुरक्षित हुनुपर्ने भएकाले बाटो क्लियर होस् भन्ने हिसाबले पर्खिएको उनले बताए । त्यसको लागि नेपाली सेनासँग पटक–पटक समन्वय गरेको महानगर प्रहरी प्रमुख पाण्डेले बताए ।

तपाईंको प्रतिक्रिया

थप खबर