मिडियाबाजी डटकम काठमाडौँ असाेज २ । बुंगल हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँड भएको छ।
बिक्री प्रबन्धक हिमालयन क्यापिटलले आज असोज २ गते बिहीबार बिहान साढे ९ बजे सेयर बाँडफाँड गरेको हो।
कम्पनीले भदौ १६ गतेदेखि भदौ १९ गतेसम्म सर्वसाधारणलाई १७ लाख १ हजार ५ सय कित्ता सेयर निष्कासन गरेको थियो।
यस आईपीओमा २१ लाख ७५ हजार ८ सय ८८ जनाको आवेदन परेकोमा २१ लाख ४३ हजार २ सय ५० जनाको आवेदन मात्र योग्य भएको छ। योग्य आवेदक मध्येबाट १ लाख ७० हजार १ सय ५० जनाले १० कित्ताको दरलेले सेयर पाएका छन् । आईपीओमा मागभन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट सेयर बाँडफाँड भएको छ।
आईपीओको नतिजा केही समयपछि प्रकाशन हुने छ।
आईपीओको अन्तिम नतिजा बिक्री प्रबन्धक हिमालयन क्यापिटलको वेबसाइट:https://himalayancapital.com/result , सिडिएसले आइपीओ नतिजा हेर्न तयार पारेको बेवसाइट https://iporesult.cdsc.com.np/ र सिडिएसको बेवसाइट https://meroshare.cdsc.com.np/#/login बाट हेर्न सकिन्छ ।