मिडियाबाजी डटकम काठमाडौँ,भाद्र २ । मुगु जिल्लाको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्ल, इन्जिनियर, वडा अध्यक्षसमेत १२ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । सोरु गाउँपालिकाको आर्थिक वर्ष २०७७/०७८ मा सोरु गाउँपालिका वडा नं. १ स्थित जवलधारा पीसीसी सडक निर्माण योजनामा वास्तविक कामभन्दा बढी मूल्याङ्कन गरी रकम हिनामिना गरेको अख्तियारको आरोप छ ।