मिडियाबाजी डटकम काठमाडौँ, साउन २। राष्ट्रिय प्रजातन्त्र पार्टीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापनपत्र बुझाएको छ।
शुक्रबार अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा भ्रष्टाचारका सबै काण्डहरुको अध्ययन, अनुसन्धान र कारबाहीको प्रक्रिया तदारुकताका साथ अघि बढाउने माग राख्दै भ्रष्टाचारविरुद्ध प्रदर्शनसहित ज्ञापनपत्र बुझाएका हुन्।
अध्यक्ष लिङ्देनले आयोगमा अहिले भइरहेको ठूला–ठूला भ्रष्टाचारका काण्डहरुको जुन तदारुकताकासाथ छानबनि हुनुपर्ने हो त्यो नभएको भन्दै राजनीतिक क्षेत्रलाई छानविन गरी कारबाहीको दायरामा ल्याउन अख्तियारलाई ध्यानाकर्षण गराएको बताए।
उनले भने, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अहिले भइरहेको ठूल–ठूला भ्रष्टाचारका काण्डहरुको जुन तदारुकताकासाथ छानबनि हुनुपर्ने हो, भएको छैन्। र राजनीतिक क्षेत्रलाई जसरी छानविन गरी कारबाहीको दायरामा ल्याउनुपर्ने हो। त्यो नल्याइएको विषयमा हामी अख्तियारको ध्यानाकर्षण गराउन आएका हौं।’
सरकारका मन्त्रीहरूको भ्रष्टाचारमा संलग्नताका तथ्यहरू एकपछि अर्को सार्वजनिक भइरहेको अवस्थामा मन्त्रीहरू एक अर्कामा कसले छिटो र धेरै कमाउने प्रतिस्पर्धा चलाइरहेको राप्रपाको ठहर छ।