इजरायल-इरान युद्धको विरोधमा शान्ति समाजको प्रदर्शन

  ४ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार ४ ।  इजरायल र इरानबीचको युद्ध रोक्न माग गर्दै मानव अधिकार तथा शान्ति समाजले काठमाडौंमा प्रदर्शन गरेको छ।

साथै  युद्धको वातावरणमा पनि नेपाली नागरिकहरुलाई इजरायल पठाएको  भन्दै  शान्ति समाज नेपालले बुधबार इजरायली दूतावास अगाडि धर्ना दिएको हाे।

सरकारले नेपाली नागरिलाई द्वन्द्वग्रस्त मुलुक इजरायल पठाउने काम नरोक्नु अपराध भएको भन्दै धर्नामा उत्रिएको शान्ति समाजले जनाएको छ। सोही क्रममा मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले नेपाली नागरिलाई इजरायल पठाउने काम रोक्नु पर्ने बताए। उनका अनुसार युद्ध क्षेत्रमा नेपालीलाई पठाउने भनेको पैसाको लागि जे पनि गर्ने कुरा जस्तो भएको बताए।

तपाईंको प्रतिक्रिया

थप खबर