मोटरसाइकल चोरीमा संलग्न एक व्यक्ति पक्राउ

  ५ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, जेष्ठ ४।भक्तपुरको सूर्यविनायक नगरपालिका- १० भातेढिकुरबाट हिजो बेलुकी (शुक्रबार) मोटरसाइकल चोरीमा संलग्न एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा आउनेमा सिन्धुलीको कमलामाई नगरपालिका ११ तेर्से घर भई काभ्रेपलान्चोकको बनेपा बस्दै आएका २८ वर्षीया प्रतिमान गोले रहेका छन् ।


बाग्मती प्रदेश ०२-०५६ प १२५२ नम्बरको मोटरसाइकल लिएर हिँडेको अवस्थामा फेला पारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । उक्त मोटरसाइकल तनहुँको भानु नगरपालिका २ घर भएका वासुदेब लोहनीले यहि जेठ २ गते काठमाडौँको टोखा नगरपालिका ३ धनेश्वरबाट हराएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए ।
मोटरसाईकल सहित नियन्त्रणमा आएका गोलेलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो ।


आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रहरी उपरीक्षक गिरीले सम्पूर्णमा अनुरोध गर्नु भएको छ । हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएता पनि सवारी धनी स्वयम् सजग भई सुरक्षित स्थानमा पार्किङ गर्न हुन समेत अनुरोध गरिन्छ । सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तत्कालै आफ्नो सवारी साधनको विवरण सहित फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिनेछ ।

तपाईंको प्रतिक्रिया

थप खबर