सेयर बजार बिहीबारदेखि खुल्ने

  ३ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ असाेज १   सेयर बजार भोलि असोज २ गते बिहीबारबाट खुल्ने भएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज एक सूचना जारी गर्दै सेयर बजार असोज २ गतेबाट खुल्ने जानकारी गराएको हो। 

यसअघि बुधबारदेखि नै बजार खोल्ने तयारी गरिएपनि प्रदर्शनका क्रममा मृत्यु भएकाहरुको सम्झनामा आज असोज १ गते शोक दिवस मनाउनका लागि सरकारले सार्वजनिक विदा दिएसँगै नेप्सेले बिहीबारदेखि खोल्ने सूचना सार्वजनिक गरेको हो ।

नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार सेयर कारोबार साबिकबमोजिम सुचारु गरिने नेप्सेले जनाएको छ। 

जेनजी आन्दोलनका कारण भदौ २५ गतेदेखि सेर बजार बन्द रहेको छ।

तपाईंको प्रतिक्रिया

थप खबर