‘गुण्डा नाइके’ राजु गोर्खाली पक्राउ

  ८ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ,भाद्र १ । गुण्डा नाइके’ राजु गोर्खाली पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

‘विशेष टोलीले चन्द्रागिरी आसपासबाट पक्राउ गरेको हो,’ प्रहरी उच्च स्रोतले भन्यो । उनीमाथि अनुसन्धान भइरहेको उनले बताए ।

उनीविरुद्ध १० करोड रुपैयाँको चेक बाउन्सको उजुरी छ । उनलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ। प्रहरीले उनीमाथि बैंकिङ कसुरको मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाउने तयारी गरिरहेको जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर