नारायणगढ–मुग्लिन सडक खुल्यो

  २४ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ,भाद्र १ ।  सुक्खा पहिरोले खसेर अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा आज बिहान माथिबाट चट्टानसहित पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।

दुई ‘जेसिभी’ प्रयोग गरेर पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको प्रहरीले जनाएको छ । सडक सञ्चालनमा आएपछि सवारी साधन गन्तव्यमा लागेका छन् । पहिरोमा परेर एक जना घाइते भएको प्रहरीले जनाएको छ ।

नारायणगढबाट मुग्लिङतर्फ जाँदै गर्दा बागमती प्रदेश ०६–००३ प ३८१६ नम्बरको स्कुटरमा माथिबाट खसेको ढुङ्गाले लागेको थियो । त्यसक्रममा स्कुटरमा रहेका चितवन रत्ननगर न.पा.३ बस्ने सन्दीप रिजाल घाइते भएका हुन् । उनको अवस्था मध्यम रहेको र उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर