‘घुस काण्ड’ मा मुछिएका मन्त्री अधिकारीले एक बर्षको उपलब्धी सार्वजनिक गर्दै

  श्रावण ०२, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, साउन १। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पत्रकार सम्मेलन गर्ने भएका छन् ।

पत्रकार सम्मेलन आज (बिहीबार) दिउँसो ३ बजे मन्त्रालयमा हुनेछ । सम्मेलनमार्फत मन्त्री अधिकारीले आर्थिक वर्ष २०८१÷०८२ को उपलब्धि सार्वजनिक गर्दैछन् । पत्रकार सम्मेलनमार्फत उनले सार्वजनिक घुस काण्डको अडियोबारे पनि प्रष्टिकरण दिने बताइएको छ ।

सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तापछि केपी ओली सरकारका अर्का मन्त्री अधिकारी पनि अडियो प्रकरणमा मुछिएका छन् । उनले ३२ लाख रुपैयाँ घुस लिएको दाबी गरिएको एउटा अडियो सार्वजनिक भएको छ । पोखरामा १३५ रोपनी जग्गा व्यक्तिको नाममा ल्याउने प्रयासमा एक समूहसँग उनले घुस लिएको दाबीसहितको अडियो बाहिर आएको हो । यसअघि गुप्ताको अडिओमा पनि उनको नाम जोडिएको थियो । गुप्ताले चौतर्फी दबाबपछि पदबाट राजीनामा दिइसकेका छन् भने बलराम अधिकारीमाथि पनि दबाब बढ्दै छ ।

तपाईंको प्रतिक्रिया

थप खबर