एमालेले आजदेखि विधान संशोधनमा छलफल थाल्दै, आज सचिवालय बैठक

  श्रावण ०२, २०८२

मिडियाबाजी डटकम काठमाडौँ, साउन १। सत्तारुढ नेकपा एमालेको विधान महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न आज एमाले केन्द्रीय सचिवालयको वैठक बस्दैछ ।

दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्ने प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् । गौतमका अनुसार बैठकमा विधान महाधिवेशनको तयारीका विषयहरूमा छलफल र निर्णयहरू हुनेछन् ।आजको बैठकमा विधान संशोधन प्रस्तावका खाकाहरू प्रस्तुत हुने जनाइएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर