बस्न सकेन संसद वैठक, बिहीबारसम्मका लागि स्थगित

  ४ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार ३ ।   प्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ ।

संसद् सचिवालयले सूचना टाँस गर्दै वैठक बिहीबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको जनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन र राजीनामा माग गर्दै आइरहेका छन्। उनीहरूले जेठ १३ गतेदेखि लगातार यही विषयमा सदनमा विरोध गर्दै आइरहेका छन् ।

गत बिहीबारसम्म प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले पनि सोही माग राख्दै आएको थियो तर शुक्रबार माओवादीले कांग्रेस र एमालेसँग दुई बुँदे सहमति गर्दै सदन सञ्चालनमा अवरोध बन्द गरेको थियो । भिजिट भिसाको मुद्दालाई प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले सहमतिमा टुङग्याए पनि रास्वपा र राप्रपाले निरन्तर सदन अवरुद्ध गर्दै आएका छन्। आज (मंगलबार) पनि वैठक सुुरु हुनासाथ उनीहरुले उठेर विरोध जनाएका थिए। आज रास्वपाका सांसदहरु निलो रङको रिवन गलामा लगाएर संसदमा उपस्थित थिए।

तपाईंको प्रतिक्रिया

थप खबर