मिडियाबाजी डटकम काठमाडौँ, असार ३ । सत्ता साझेदार नेपाली कांग्रेसले संसदमा अमर्यादित गतिविधि गरेको भन्दै रास्वपा सांसदलाई बैठकबाट निष्काशन गर्न माग गरेको छ।
प्रतिनिधिसभाको आज (मंगलबार) को बैठकमा बोल्दै कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले अमर्यादित पोशाक लगाएर आएको र अमर्यादित गतिविधि गरेको भन्दै सभामुखले बैठकबाट निष्काशन गर्नुपर्ने माग गरेका हुन्।
रास्वपा सांसदहरू निलो रिबन गलामा भिरेर संसद् बैठकमा सहभागी भएको विषयमा नेपाली कांग्रेसले नियमापत्ति जनाएको हो। कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले अमर्यादित पोसाक लगाउन नपाइने संसद्को नियमावलीमा स्पष्ट उल्लेख भए पनि निलो पोसाक भिरेर आएको भन्दै सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका हुन्। रास्वपा सांसदहरू मंगलबार निलो स्कार्फसहित संसदमा उपस्थित भएका छन्।