निलो रिवन लगाएर मानव तस्करीविरुद्ध रास्वपाको विरोध

  ६ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार ३ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरण छानबिनको माग गर्दै संसदमा विरोध गर्दै आइरहेको छ।

गृह मन्त्रालय अन्तर्गतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले संगठित रूपमा पैसा उठाएको विषय भिजिट भिसा प्रकरणका रूपमा चर्चित छ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति बनाउन माग गर्दै रास्वपाले बैठक अवरोध गर्दै आइरहेको छ। रास्वपाले संसदमा नाराबाजी र वेल घेराउ गर्दै आइरहेको छ। यसैबीच आज (मंगलबार) संसद भवन प्रवेश गर्नुअघि रास्वपाले विरोधको फरक शैली अपनाएको छ। रास्वपाका सबै सांसदहरूले निलो रङको खादा (रिवन) लगाएर विरोध जनाएका छन्।

तपाईंको प्रतिक्रिया

थप खबर