इजरायल–इरान तनावले जी–सेभेन बैठक प्रभावित, ट्रम्प ह्वाइटहाउस फर्किए

  ४ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, असार ३ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प क्यानडाको कानानास्किसमा भइरहेको जी–७ शिखर सम्मेलन बीचैमा छाडेर स्वदेश फर्किने भएका छन्।

ह्वाइट हाउसका अनुसार उनी वासिङ्टन फर्किंदै छन्।

ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले एक्समा लेखेकी छन्, ‘राष्ट्रपति ट्रम्पको जी–७ बसाई अद्भूत रह्यो, बेलायत र प्रधानमन्त्री केयर स्टारमरसँग एक प्रमुख व्यापार सम्झौतामा पनि हस्ताक्षर गरे।’

ट्रम्प र केयर स्टारमरले जी–७ शिखर सम्मेलनका क्रममा भएको बैठकमा अमेरिका र बेलायतबीचको ट्यारिफ सम्झौतामा हस्ताक्षर गरे। लेभिटले ट्रम्पको फिर्तीको बारेमा लेखेकी छन्, ‘धेरै कुरा हासिल भयो, तर मध्यपूर्वमा के भइरहेको छ भन्ने कारणले गर्दा राष्ट्रपति ट्रम्प आज राति राष्ट्र प्रमुखहरूसँग डिनरपछि फर्कने छन्।’

तपाईंको प्रतिक्रिया

थप खबर