मिडियाबाजी डटकम काठमाडौँ, असार ३ । इजाइलले इरानको सबैभन्दा ठूलो आणविक केन्द्रमा हमला गरेको छ।
इजराइलले इरानको इस्फाहान प्रान्तको नातान्जमा रहेको युरेनियमा सम्वर्द्धन केन्द्रमा हवाई आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
रोयटर्सका अनुसार इजराइली हमलमा केन्द्रको संरचनामा क्षति पुगेको र केही प्रयोगशाला र विद्युत प्रणाली प्रभावित भएको छन् । नतान्ज युरेनियम समृद्धिकरण केन्द्र हो। यूरेनियम ग्यासलाई उच्च स्तरसम्म समृद्ध गरेपछि आणविक इन्धन र हतियारका रूपमा प्रयोग गरिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।